बालेन रहेनन् काठमाण्डौको मेयर,सुनिताद्वारा राजीनामा स्वीकृत

बालेन रहेनन् काठमाण्डौको मेयर,सुनिताद्वारा राजीनामा स्वीकृत तस्बिरमा भूतपूर्व मेयर बालेन्द्र शाह (बालेन) र कार्यवाहक मेयर सुनिता डंगोल ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले आज उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा पत्र बुझाएका थिए । आजको मितिबाट लागू हुनेगरी स्वेच्छाले राजीनामा दिएको पत्रमा उल्लेख छ । 

भनिएको छ,‘नेपालको संविधान, २०७२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्थाबमोजिम, म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२–१०–४ गतेदेखि लागू हुनेगरी स्वेच्छाले राजीनामा पेश गर्दछु ।’ 

महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले उनले राजीनामा दिएको पुष्टि गरे । जनआस्थासँग उनले भने,‘उहाँको राजीनामा आइसकेको छ ।’

महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले उनले राजीनामा दिएको पुष्टि गरे । जनआस्थासँग उनले भने,‘उहाँको राजीनामा आइसकेको छ ।’

स्थानीय तहका प्रमुखले उपप्रमुख र उपप्रमुखले प्रमुखलाई राजीनामा बुझाउने कानुनी व्यवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता साह फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा छन् ।

टिप्पणीहरू