पूर्वका हर्क पनि फुक्काफाल
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । आगामी प्रतिनिधिसभाको निर्वाचनमा सुनसरीबाट उम्मेद्वार बन्ने तयारी गरिरहेका उनले आज उपमेयर आइन्द्र विक्रम मेघालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले हालसम्म २२ भन्दा बढी निर्वाचन क्षेत्रको लागि उम्मेद्वार टुंगो लगाइसकेका छन् । भने, उनले समाजिक सञ्जालमार्फत् उम्मेद्वार आह्वान समेत गरिरहेको देखिन्छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पनि आजै पदबाट राजीनामा दिएर सक्रिय राजनीतिमा होमिएका छन् ।

टिप्पणीहरू