रवि र कुलमान भिड्लान् त चितवनमा ?

रवि र कुलमान भिड्लान् त चितवनमा ?

राजनीतिलाई सम्भावनाको खेल भनिन्छ । अझ सत्ताकेन्द्रित राजनीतिले प्राथमिकता पाउने नेपालमा त रातारात नसोचेको कुरा भैदिन्छ । आजको घटना भोलि बिहानसम्म पुग्दा अर्कै रूपमा विकास भएका अनेकौँ दृष्टान्त छन्, राष्ट्रिय राजनीतिमा । 

प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्ने समय नजिकिंदै जाँदा सम्भावनाको त्यस्तै एउटा खेलबारे भित्रभित्रै बहस छेडिएको थाहा भएको छ । कुलमान घिसिङलाई राजनीतिको केन्द्रमा देख्न चाहने एउटा शक्ति रवि लामिछानेविरुद्ध चितवन-२ मा उनलाई प्रतिष्पर्धामा उतार्ने रोचक सम्भावनाको खोजीमा सक्रिय रहेको सूचना जानकार स्रोतले जनआस्थालाई सुनायो । 

सबै पार्टीका शीर्ष नेतृत्व चुनाव केन्द्रित रणनीति बनाउन व्यस्त रहेका बेला सूत्रहरूले यसबारे छलफल चलाइरहेको दावी गर्दै स्रोतले भन्यो- "एक तहमा छलफल भैरहेको छ तर त्यसले ठोस आकार लिइसकेको छैन ।' कुलमानसँग यसबारे प्रत्यक्ष कुराकानी भने नभएको बताइएको छ । 

काँग्रेस,एमाले,नेकपा र राप्रपालाई मनाउने जिम्मासहित सूत्रले कुलमानका मान्छेलाई यो प्रस्ताव गरेको दावी गर्दै स्रोतले थप सुनायो- 'रवि र बालेनबाट उहाँलाई घात भयो । यदि त्यसको बदलामा रविविरुद्ध उठ्छु भन्ने आँट उहाँले गर्ने हो भने जित्ने आधार छ ।' 

गत निर्वाचनमा दलहरूले प्राप्त गरेको समानुपातिक मतलाई आधार मान्ने हो र रवि भर्सेज अन्य दल एकातिर हुने अवस्था आयो भने परिणाम उल्टिने सम्भावना देखिन्छ । २०७९ को आमचुनाव र त्यसको अर्को वर्षपछि भएको उपनिर्वाचनमा चितवन-२ बाट रविले जितेका थिए । अहिले पनि त्यहीँबाट उठ्ने तयारीमा रहेका उनले सरकारलाई भनेर मुद्दा फिर्ताको प्रक्रिया शुरू गराइसकेका छन् । 

त्यतिबेला रास्वपाले ३५ हजार ९४५ समानुपातिक भोट ल्याउँदा  एमालेले १६ हजार ७८४,कांग्रेस १२ हजार १३२, माओवादी ८ हजार ४०८ र राप्रपाले ३ हजार २१८ मत ल्याएका थिए । चार दलले ल्याएको भोट रास्वपाको भन्दा करिब ५ हजार बढी हो । 

नयाँको नाममा सामाजिक सञ्जालमार्फत् हल्ला फिँजाएर रास्वपाको एकलौटी माहोल रहेकोजस्तो देखिए पनि भूगोलको वास्तविकता ठ्याक्कै त्यस्तो देखिंदैन । एक समय काँग्रेस र एमालेको बलियो गढ मानिएको चितवनमा नेकपा र राप्रपाको पनि राम्रै प्रभाव छ । भरतपुर महानगरपालिकाको केही वडासमेत यही क्षेत्रमा पर्ने भएकाले मेयर रेणु दाहालको व्यक्तिगत पकडमा पनि केही हजार भोट छ भनिन्छ । 

०७९ को निर्वाचनको आँकडा हेर्ने हो भने पनि पुराना पार्टीहरूको सांगठनिक मत सुरक्षित रहेको बुझ्न सकिन्छ । त्यतिबेला रास्वपाले ३५ हजार ९४५ समानुपातिक भोट ल्याउँदा  एमालेले १६ हजार ७८४,कांग्रेस १२ हजार १३२, माओवादी ८ हजार ४०८ र राप्रपाले ३ हजार २१८ मत ल्याएका थिए । चार दलले ल्याएको भोट रास्वपाको भन्दा करिब ५ हजार बढी हो ।

 पुराना पार्टीहरूले आफ्नो प्रतिवद्ध मत जोगाएर एकै ठाउँमा खन्याइदिने हो भने कुलमानले बलियो चुनौती दिनसक्ने देखिन्छ । 

'रविलाई हराउने मूल्यमा कांग्रेस र एमाले कुलमानलाई समर्थन गर्न तयार छन् । माओवादीबाट पनि सकारात्मक संकेत मिलेको छ', भित्री तथ्य खुलाउँदै स्रोतले भन्यो, 'राप्रपाको पनि सहानुभूति मिल्छ भन्ने विश्वास छ । उहाँले आँट गर्ने हो भने एउटा परिस्थिति बन्छ ।'

राप्रपाका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ कुलमानका ससुरा हुन् । अघिल्लो चुनावमा चितवन-३ बाट जितेका राप्रपाका बिक्रम पाण्डेको २ नम्बरमा पनि धेरथोर प्रभाव नहुने कुरा भएन । यो हिसाबले हेर्दा पुराना पार्टीहरूले आफ्नो प्रतिवद्ध मत जोगाएर एकै ठाउँमा खन्याइदिने हो भने कुलमानले बलियो चुनौती दिनसक्ने देखिन्छ । 

हुनेवाला प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीलाई हराउनु पो जित त भनेर हौस्याइएपछि झापा झर्न लागेका उनलाई त्यतै 'सुताएर' आफू प्रधानमन्त्री हुने बाटो खुलाउनेगरी रविले मुद्दा फिर्ता गराएको सन्दर्भ अर्कोतिर छ ।

बालेन साहलाई प्रधानमन्त्रीको लोभ देखाएर आफ्नानिम्ति मेहनत गरिरहेका रविले कुलमानलाई यसबीच नराम्रोसँग धोका दिए । समानुपातिकतर्फ चुनाव चिन्हसमेत मतपत्रमा नहुने अवस्था पुर्याएर अलपत्र पारिए । काठमाडौँको मेयर पदबाट आज मात्र राजीनामा दिएका बालेन केपी शर्मा ओलीसँग झापा-५ बाट चुनाव लड्ने तयारीमा छन् । 

हुनेवाला प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीलाई हराउनु पो जित त भनेर हौस्याइएपछि झापा झर्न लागेका उनलाई त्यतै 'सुताएर' आफू प्रधानमन्त्री हुने बाटो खुलाउनेगरी रविले मुद्दा फिर्ता गराएको सन्दर्भ अर्कोतिर छ । मेयर भएर सामाजिक सञ्जालमा लाइक, कमेन्ट बटुल्नेबाहेक खासै प्रतिवद्धता पूरा नगरेका बालेनलाई पनि अन्तत्वगत्वा: कुलमानलाई जस्तै अलपत्र पारिनसक्ने अनुमान कतिपयले गरेका छन् । 

सबैलाई 'थाङ्गनामा सुताएर' आफू दिग्विजय हुने रोडम्यापमा अघि बढेका रविलाई रोक्ने सूत्रको प्रस्तावमा कुलमानका मान्छेहरू सकारात्मक बनेको बताइन्छ । तर,अन्तिम निर्णयकर्ता कुलमान आफैँ भएकाले राजनीतिको यो सम्भावनाको खेलले आकार लिन्छ कि लिंदैन भन्ने स्पष्ट छैन । बाहिर आएका चर्चाअनुसार उनी काठमाडौँ-३, रसुवा र रामेछापमध्ये कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्ने सम्भावना छ । 

रातारात जे पनि हुने नेपाली राजनीतिमा कुलमान चितवन-२ बाट उठे अनौठो मान्नु हुँदैन भन्छन्, उज्यालो नेपालकै एक नेता । तर, अहिले नै सबै कुरा बाहिर ल्याउँदा रवि अन्यत्र जानसक्ने भएकाले मनोनयन दर्ताको केही घण्टा अघिसम्म गुपचुप राखिनसक्छ ।

टिप्पणीहरू