प्रदिप यादव एमालेमा पस्दै

प्रदिप यादव एमालेमा पस्दै

युवा हुँदा साइकल चोरीमा पक्राउ परी सार्वजनिक रुपमा दण्डित भएका र जेनजी आन्दोलनबाट बढारिनुअघिसम्म मन्त्री रहेका प्रदीप यादव एमालेमा प्रवेश गर्न लागेका छन् । 

उपेन्द्र यादव नेतृत्वको जसपा फुटाएर अशोक राईतिर लागेका र त्यसैको बलमा केपी ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री भएका उनले आज भोलिमै गुण्डु पुगेर टिकाटालो गर्न लागेको बताइएको छ । पार्टी प्रवेशसँगै एमालेले उनलाई हाताहाती टिकट दिन लागेको बुझिएको छ।  

एमालेमा जान प्रदीपले वार्ता जारी राखेको र अबको केही घण्टामै छिनोफानो हुने जानकार स्रोतले बतायो । अशोकतिर लागेर खानेपानी मन्त्री बन्नुअघि उनले उपेन्द्रलाई दंग्याएर एकपटक स्वास्थ्य र अर्कोपल्ट वनमन्त्री खाएका  थिए । अप्ठेरो अवस्थामा आफूलाई छोडेर हिँडेका यिनलाई टिकट दिन सकिंदैन भन्नेमा उपेन्द्र पुगेपछि प्रदीपले गुण्डुतिर नजर लगाएको बुझिन्छ ।

"ओलीले कपिलवस्तुमा हाताहाती वीरेन्द्र कनौडियालाई भित्र्याएर टिकट दिएकै शैलीमा प्रदीपलाई भित्र्याउन खोजेको हुनसक्छ ।" 

गत चुनावमा पर्सा-३ बाट दोस्रो पटक जितेका र ओलीकै क्याबिनेटमा सामान्य प्रशासनमन्त्री बनेका राजकुमार गुप्ता घुस काण्डमा जेल चलान भएपछि जिल्लामा गुमेको शक्ति फर्काउन ओलीले कपिलवस्तुमा हाताहाती वीरेन्द्र कनौडियालाई भित्र्याएर टिकट दिएकै शैलीमा प्रदीपलाई भित्र्याउन खोजेको हुनसक्छ । जबकि प्रदीप विगतमा एमालेलाई मधेशविरोधी दलको आरोप लगाउँथे । 

दोस्रो संविधानसभाबाट संविधान जारी गर्ने बेला भएको मधेश आन्दोलन र त्यसपछिको नाकाबन्दीमा पेट्रोलियम पदार्थ चोरेर भित्र्याउने र महँगोमा बेच्ने गरेको आरोप उनैमाथि लागेको थियोे ।

टिप्पणीहरू