‘गडबडीमा हुनुहुन्न हाम्रा गुरु’
कात्तिक ४ गते ‘अर्का तिब्बतीको अन्तर्राष्ट्रिय दौड तथा मंसिर १७ गते ‘दलाई लामाका अर्का मान्छे शंकास्पद’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालको हिमाली क्षेत्र मुस्ताङ्ग, मनाङ्ग, हुम्ला, जुम्ला, डोल्पासहित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बाग्लुङ, काठमाडौंलगायत क्षेत्रमा बस्ने बोन बुद्धिष्ट धर्म संस्कृतिमा आस्था एवं विश्वास रहेको रातो गुम्बाका हाम्रा श्रद्धेय गुरु खेम्पो तेम्बाप्रति लक्ष्यित विवरण उल्लेख गरिएको छ । साथै उहाँको नागरिकता तथा राहदानीका विषयमा भ्रम र आशंका फैलाउने काम भएको छ ।
बाल्यावस्थादेखि नै अध्ययनका लागि भारतको हिमाचल प्रदेशमा बस्नुभएको र त्यहाँ बुद्धिष्ट शिक्षा ग्रहणमा लामो अवधि व्यतित गरी धार्मिक उच्च शिक्षा हासिल गरेका कारण श्रद्धेय गुरु खेम्पो तेम्बाले २४ वर्षको उमेरमा नागरिकता लिनुभएको हो । उहाँ बोन बौद्धिष्टप्रति जीवन सुम्पेर ब्रह्मचर्यमा रही धर्मको संरक्षण, सम्बद्र्धन र विकासमा समर्पित रहँदै आउनुभएको छ । उक्त दुवै समाचार खण्डन गरिदिनु हुन अनुरोध गर्दछौं ।
– सेम्दुक लामा– अध्यक्ष, टासी डि, छुल्डिम रिन्छेन लामा– अध्यक्ष, मोररी सुरसुम सामाजिक तथा वातावरण संरक्षण समाज
(जनआस्था साप्ताहिकको पुस ३० गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू