नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले भोलिदेखि पार्टी केन्द्रीय कार्यालय,सानेपाबाट जिम्मेवारी सम्हाल्ने भएको छ । थापा टोली भोलि श्रीपञ्चमीको दिन दिउँसो १ बजे सानेपा प्रवेश गर्ने कार्यक्रम छ ।
पदबहाली कार्यक्रममा सभापति गगनकुमार थापा, उपसभापति, सहमहामन्त्री तथा अन्य केन्द्रीय पदाधिकारीहरु सहभागी हुनेछन् । नयाँ नेतृत्व चयनपछि थापाको अध्यक्षतामा केन्द्रीय समिति एक पटक भृकुटीमण्डप र एक पटक कोपुण्डोलको एउटा पार्टी प्यालेसमा बसेको थियो ।