सबै श्रेणीहरू

मीठो बोली गर्न सकिन्न महामहिमहरु !

मीठो बोली गर्न सकिन्न महामहिमहरु !

पार्टीका आन्तरिक बैठकदेखि सार्वजनिक सभा-समारोहमा भाषण गर्दा अक्सर अर्कालाई घोचपेच गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको विशेषता नै हो । आफूलाई सर्वज्ञाता ठान्ने उनी फरक बिचारमाथि सृजनात्मक आलोचना होइन, रुखो बोलीले कटाक्ष गरिरहेका हुन्छन् । राष्ट्रिय राजनीतिमा यो नै उनको विशेषता बनिसकेको छ । 

तर,आलोचकलाई कमजोर देखाउन तल्लो स्तरमा झरेर खिसीट्युरी गर्ने ओली बेलाबखत आफ्नै अभिव्यक्तिका कारण अप्ठेरोमा पर्ने गरेका छन् । यसैबीच हिजो एक राष्ट्रिय मिडियामा अन्तर्वार्ता दिएका उनले बोल्नै नपर्ने कुरा फ्याट्ट बोलेपछि आफ्नै बोली गलपासो बन्नसक्ने टिप्पणी भैरहेको छ ।

पार्टीभित्रको आन्तरिक एकता थप सुदृढ गर्नुपर्नेमा उल्टो अन्तरविरोध बल्झाउने काम अध्यक्षबाट हुनुले एमालेपंक्तिमा निराशा छाएको छ ।  

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न झापा क्षेत्र नम्बर ५ पुगेका ओली मतदाता भेटघाटमा व्यस्त छन् । चुनावी अभियानमा रहेका उनले पार्टीभित्रको अन्तरविरोध,विपक्षी उम्मेदवार र राष्ट्रिय राजनीतिका बिबिध विषयमा लामो अन्तर्वार्ता दिएका थिए । जसको एमालेभित्रैबाट आलोचना भएको छ । उपमहासचिव योगेश भट्टराईले सार्वजनिक रूपमै आपत्ति जनाएका छन् । एमालेमा देखिएको टिकट वितरण विवादबारे सोधिएको प्रश्नमा ओलीले योगेश,सुरेन्द्र पाण्डे, विन्दा पाण्डे र गोकुल बाँस्कोटाको नामै लिएर चुनाव जित्ने आधार नभएकाले उम्मेदवार नबनाएको प्रष्टीकरण दिएका थिए ।  

त्यसप्रति विमति प्रकट गर्दै योगेशले भनेका छन्-‘यत्ति भन्छु अध्यक्षको कुराबाट चिन्तित छु, दु:खी छु । कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन ।’ 

'युवा आइकन' का रुपमा प्रचारित काठमाडौँ महानगरका मेयर बालेन्द्र साहविरुद्ध झापा-५ मा ओलीलाई जित निकाल्न कठिन हुनसक्ने आंकलन भैरहेको छ । यस्तोमा पार्टीभित्रको आन्तरिक एकता थप सुदृढ गर्नुपर्नेमा उल्टो अन्तरविरोध बल्झाउने काम अध्यक्षबाट हुनुले एमालेपंक्तिमा निराशा छाएको छ । 

ओलीले चुनाव प्रचारका लागि काठमाडौँबाटै टोली लिएर गएकाले यसै पनि स्थानीय युवा कार्यकर्ता असन्तुष्ट छन् । अध्यक्षसँग गएकाहरूले अह्रनखटन गर्दा उनीहरूले जिम्मेवारी पाएका छैनन्, र तिनीहरु लाखापाखा लागेर अरु क्षेत्रतिर गैरहेका छन् । युवा संघ दमकका अध्यक्षको पार्टी परित्यागलाई यसैको उपजका रूपमा हेरिएको छ ।

बालेन्द्रलाई 'डेरा खोजिदिने' भन्दै गरेको कटाक्षपूर्ण टिप्पणीले पनि ओली आलोचित बनेका छन् । सबैलाई थाहा भएकै कुरा हो,महोत्तरीमा जन्मिएर काठमाडौँमा हुर्किएका बालेन्द्र झापाका बासिन्दा होइनन् । उनले आफैँलाई मतदान गर्न पनि पाउँदैनन् । तर,तेह्रथुममा जन्मेका र क्षेत्र नम्बर ५ बाट चुनाव जित्दै आएका ओली आफैँ पनि लामो समयदेखि झापामा बस्न छोडेका छन् ।  

चुनावको मुखमा आन्तरिक एकता मजबुत बनाउँदै भित्री रणनीति निर्माणमा जोड दिनुपर्नेमा भर्खरै सम्पन्न महाधिवेशनबाट कार्यकर्ताको विश्वास जितेका योगेशहरूलाई चिड्याउँदा आम कार्यकर्तामा पर्नसक्ने नकारात्मक मनोविज्ञानप्रति ओलीको ध्यान पुगेको देखिंदैन । 

'ओलीको यस्तै हठले उनलाई त डुबाउँछ नै सिँगो पार्टीलाई पनि डुबाउने भयो', झापाका एकजना पुराना एमाले नेता भन्छन्, 'चुनावका बेला भित्री रणनीति बनाउन जोड गर्नुपर्नेमा मिडियामा आएर यस्ता उत्तेजक अभिव्यक्ति दिनु भनेको मूर्खता हो ।' 

७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको अपत्यारिलो दावीले पनि उनका अभिव्यक्ति सस्तो बनाइदिएको छ । चुनावमा हरेक उम्मेदवारले आफूले जित्ने दावी गर्नु अस्वभाविक होइन । तर, प्रतिस्पर्धीलाई कमजोर आँक्दा त्यसले पार्नसक्ने प्रभावबारे पनि सचेत हुनुपर्छ,जुन एमाले अध्यक्षमा देखिएन ।

'ओलीको यस्तै हठले उनलाई त डुबाउँछ नै सिँगो पार्टीलाई पनि डुबाउने भयो', झापाका एकजना पुराना एमाले नेता भन्छन्, 'चुनावका बेला भित्री रणनीति बनाउन जोड गर्नुपर्नेमा मिडियामा आएर यस्ता उत्तेजक अभिव्यक्ति दिनु भनेको मूर्खता हो ।'

बालेन्द्रलाई 'डेरा खोजिदिने' भन्दै गरेको कटाक्षपूर्ण टिप्पणीले पनि ओली आलोचित बनेका छन् । सबैलाई थाहा भएकै कुरा हो,महोत्तरीमा जन्मिएर काठमाडौँमा हुर्किएका बालेन्द्र झापाका बासिन्दा होइनन् । उनले आफैँलाई मतदान गर्न पनि पाउँदैनन् । तर,तेह्रथुममा जन्मेका र क्षेत्र नम्बर ५ बाट चुनाव जित्दै आएका ओली आफैँ पनि लामो समयदेखि झापामा बस्न छोडेका छन् । 

भदौ २४ गते बालकोटको दुई वटै घर आगजनीमा ध्वस्त पारिएपछि महेश बस्नेतको घर नजिकै गुन्डुमा डेरा लिएर बस्न थालेका उनले पनि बालेन्द्रले झैँ आफूलाई भोट हाल्न पाउँदैनन् । त्यसकारण अरूतिर एउटा औँला देखाउँदा बाँकी चार वटा आफैंतिर फर्किएको हुन्छ भन्ने ख्याल गर्नुपर्छ । 

दमकको विकासका सन्दर्भमा गरिएको टिप्पणीले पनि ओलीलाई चुनावमा फाइदा होइन घाटा पुर्याउन सक्छ । आधुनिक विकासमा दमकले छलाङ मारेको आशयमा उनले तराई-मधेशमा जस्तो गुइँठा बाल्न नपर्ने तर्क गरेका थिए । तीन पटक मुलुकको प्रधानमन्त्री भैसकेका व्यक्तिबाट यस्तो अभिव्यक्ति अपेक्षा गरिंदैन । आफ्नो निर्वाचन क्षेत्रमा मात्र विकास गरेँ भन्नु एकातिर सन्तुलित र समानुपातिक विकासको अवधारणा विपरित हो भने अर्कोतिर यसले तराई-मधेशका जनतालाई होच्याएको छ । यदि त्यहाँका जनता अहिले पनि गुइँठा बालेर खाना पकाउनुपर्ने बाध्यतामा छन् भने प्रधानमन्त्री हुँदा के गरेको ? भन्ने प्रश्न स्वभाविक रूपमा उठ्नेछ ।

विश्लेषकहरू यसलाई ओलीमा देखिएको अत्याहटका रूपमा चित्रण गर्दै यस्ता घोचपेच र घमण्डले उनलाई फाइदा नगर्ने बताउँछन् । यसले स्वतन्त्र मतदाताहरू झनै चिढिनसक्ने अनुमान गर्दै दमकबाटै एकजना मधेशी राजनीतिका विश्लेषकले भने- 'बालेनले राम्रो काम गर्लान् भन्ने विश्वासले भन्दा पनि ओलीलाई देखाइदिने आवेग कतिपय युवाहरूमा देखिन्छ । बालेन झापा-५ को बासिन्दा होइन भन्ने सबैलाई थाहा छ । र, अहिलेको इस्यु भनेको स्थानीय को,बाहिरको को भन्ने पनि होइन । तर,ओलीले यसलाई बेक्कारमा हाइसाउन्डिङ गरिरहेका छन् ।'

आफ्नो निर्वाचन क्षेत्रमा मात्र विकास गरेँ भन्नु एकातिर सन्तुलित र समानुपातिक विकासको अवधारणा विपरित हो भने अर्कोतिर यसले तराई-मधेशका जनतालाई होच्याएको छ । यदि त्यहाँका जनता अहिले पनि गुइँठा बालेर खाना पकाउनुपर्ने बाध्यतामा छन् भने प्रधानमन्त्री हुँदा के गरेको ? भन्ने प्रश्न स्वभाविक रूपमा उठ्नेछ ।     

यस्ता सतही र हावादारी बहसमा ओलीले समय खर्च गरिरहँदा उनीसँग प्रतिष्पर्धा गर्न आएका बालेन्द्र भने अचेलका साँझहरु फेसबुकमा जथाभावी नलेखिकनै चुनावी रणनीतिमा अघि बढेका छन् । जनकपुरबाट झापा पुगेकै दिन किराँत धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेटेर आशिर्वाद लिएका उनले उक्त धार्मिक समुदायको मन जित्न खोजेको देखिन्छ । दमकमा रहेका जनजाति समुदायको मत तान्न आत्मानन्दलाई भेटेका उनी पूर्वी पहाडी जिल्लाको भ्रमणमा छन् । 

ताप्लेजुङ,धनकुटा,इलाम,पाँचथरबाट झरेका राई, लिम्बुहरूको मत झापा-५ मा निर्णायक मानिन्छ । ओली र बालेन्द्रमध्ये जसलाई उनीहरूको मत बढी जान्छ उसैले चुनाव जित्नसक्ने विश्लेषण भैरहेको छ । यो यथार्थ बुझेर पहाडी जिल्लाको भ्रमणमा निस्किएका उनी इलाम,फिदिम हुँदै पाथिभरा पुगेका छन् । त्यस क्रममा उनको स्वागतका लागि आयोजित कार्यक्रममा स्थानीयको राम्रै उपस्थितिसमेत देखिएको थियो ।