सबै श्रेणीहरू

पश्चिममा हिमपात, काठमाडौंमा बादल

पश्चिममा हिमपात, काठमाडौंमा बादल

सुदूरपश्चिम, कर्णाली प्रदेशका हिमाली र उच्च पहाडी जिल्लामा हिमपात भएको छ । गएराति परेको हिउँले सो क्षेत्रका अधिकांश सडक यातायात अवरुद्ध भएको बताइन्छ ।  

बैतडी, डडेल्धुरा, दार्चुलाका उच्च भेगमा वर्षासँगै हिमपात भएको छ । यता रुकुम पूर्वमा पनि बाक्लो हिउँ परेकाले सडक अवरुद्ध भएको हो । 

राजधानी काठमाडौं र आसपासका क्षेत्रमा भने बिहानैदेखि बादल लागेको छ।