सबै श्रेणीहरू

नेकपाबाट हरिबोल र महेश्वर निकालिए

नेकपाबाट हरिबोल र महेश्वर निकालिए

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सात जना नेतालाई  निश्कासन गरेको छ जसमा बागी उम्मेदवारी दिने सिन्धुलीका महेश्वर दाहालदेखि हरिबोल गजुरेल, सिराहका धर्मनाथप्रसाद साह, राजकुमारी साह र जिबछ साह, उदयपुरका मेजर राई र दाङका कुलप्रसाद केसीसम्म छन् । केहीमाथि बागी उम्मेदवार बनेको,केही लाई उम्मेदवारको प्रस्तावक र प्रचारक बसेको आरोप लागेको छ ।

सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले राजन दाहालबिरुध्द स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।  उक्त क्षेत्रबाट नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) छन् ।

यसैगरी, सिरहा–४ बाट नेकपा एमालेका उम्मेदवार धर्मनाथप्रसाद साहलाई पनि निस्कासन गरिएको छ । टिकट नपाएपछि उनले एमालेबाट उम्मेदवारी दिएका छन् । उनी माओवादी केन्द्रमा एकीकृत हुनुअघि माधवकुमार नेपाल नेतृत्वको तत्कालीन नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इञ्चार्ज थिए । 

सिरहा–४ मा नेकपाका आधिकारिक उम्मेदवार अजयशंकर नायक हुन् । उता दाङ–१ बाट प्रतिनिधिसभा सदस्यमा उठेका कुलप्रसाद केसीलाई हटाइएको छ । सो क्षेत्रमा नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरी हुन् ।