राजु पाण्डे रास्वपाको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा उज्यालो नेपालका सभापति कुलमान घिसिङ्गसङ्ग भिड्दैछन् । उनी यसअघि बालेन साह काठमाडौं महानगरको मेयर छँदा गैरकानुनी ढंगले सवा ३ बर्षसम्म एसएसपीको पद ओगटेर बसेका थिए ।
बालेन मेयरबाट हटेर केपी ओलीसङ्ग भिड्न झापा जान लाग्नासाथ राजीनामा दिएका पाण्डेले माघ पहिलो साता रास्वपा सदस्यता लिन वनस्थलीस्थित घण्टीघर जाँदा चढेको गाडी पनि बालेनलाई कमल मालपानीले झैँ अर्कै ब्यापारीले दानापानीको रुपमा उपलब्ध गराएको उनी निकट स्रोतले बतायो ।
"बालेन मेयरबाट हटेर केपी ओलीसङ्ग भिड्न झापा जान लाग्नासाथ राजीनामा दिएका पाण्डेले माघ पहिलो साता रास्वपा सदस्यता लिन वनस्थलीस्थित घण्टीघर जाँदा चढेको गाडी पनि बालेनलाई कमल मालपानीले झैँ अर्कै ब्यापारीले दानापानीको रुपमा उपलब्ध गराएको उनी निकट स्रोतले बतायो ।"
उनले कालो रंगको नयाँ किया सोनेट गाडी चढ्ने गरेका छन् । पार्किङ स्थल,भवन र बाटो निर्माण,नक्सा,बिज्ञापन होर्डिङ बोर्ड,सम्पदालगायत थुप्रै ठाउँ छन् जहाँका कारोबारीबाट नगर प्रहरीले नियमित कोशेली उठाउने गर्दछन् ।