सबै श्रेणीहरू

रङ कसरी फेर्ने,यी नेताहरुबाट सिकुन्

रङ कसरी फेर्ने,यी नेताहरुबाट सिकुन्

‘कन्टेन्ट’भन्दा पनि ‘कन्ट्रोभर्सी’मा रमाउने पात्र हुन्,पूर्व सञ्चारकर्मी राजिव खत्री । टेलिभिजनको पर्दामा जनताको मुद्धाभन्दा पनि ‘अटेन्शन’को लागि चर्का अभिव्यक्ति दिने उनै खत्री यतिबेला भने आफै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । 

रमाइलो के छ भने,कुनै बेला राष्ट्रिय स्वतन्त्र पार्टीको चर्को आलोचना गर्ने उनी सोही पार्टीबाट प्रतिनिधिसभा सदस्यको लागि भक्तपुर-२ मा उठेका छन् । पार्टी सभापति रवि लामिछाने तत्कालीन गृहमन्त्री हुँदा आफ्ना वकिलकाे भान्जा पर्ने तत्कालीन डिआइजी पोषराज पोखरेललाई दुई दिनको लागि एआईजीमा बढुवा गरेको  भन्दै चर्को आलोचना गरेका थिए । उनले भनेका थिए, ‘माओवादी सकिन १५ वर्ष लाग्यो,जसपा सकिन १३ वर्ष, लोसपा सकिन ११ वर्ष लाग्यो, तर रास्वपालाई सकिन दुई सिजन नै काफी छ, सायद जान्नेलाई छान्ने भनेको यही रहेछ !’

उनले भनेका थिए, ‘माओवादी सकिन १५ वर्ष लाग्यो,जसपा सकिन १३ वर्ष, लोसपा सकिन ११ वर्ष लाग्यो, तर रास्वपालाई सकिन दुई सिजन नै काफी छ, सायद जान्नेलाई छान्ने भनेको यही रहेछ !’

तर अहिले उनै खत्री रास्वपा सभापति लामिछानेप्रति किन र कसरी नतमस्तक बन्न पुगे ? सर्वत्र प्रश्र उठेकाे छ । यसरी खत्रीको दोहोरो चरित्र देखेपछि निकटस्थहरु चकित परेका छन् । खत्रीलाई लामो समयदेखि चिनेका एक युवा भन्छन्, ‘उहाँ रास्वपामा जानुहोला भनेर कहिल्यै सोचेको थिइनँ,भेटघाटमा सधैँ रास्वपा र रवि लामिछानेको आलोचना गर्नुहुन्थ्यो, तर अहिले कसरी त्यहाँ पुग्नुभयो, थाहा छैन,सायद पदकै लागि होला !’

त्यसो त, चुनावको मिति नजिकिँदै जाँदा दोहोरो चरित्र देखाउने खत्री मात्रै भने होइनन् । विगतमा रास्वपाको कट्टर आलोचक मानिएका थुप्रै नेता अहिले सोही पार्टीबाट उम्मेद्वार बनेको देखिन्छ । कुनैबेला संसदमै लामिछाने र बालेन साहको चर्को आलोचना गर्ने अमरेशकुमार सिंंह अहिले रास्वपाबाटै प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेका छन् । त्यस्तै, विगतमा लामिछानेको आलोचना गर्दै आएकी रिमा विश्वकर्मा, श्रद्धा कुँवरलगायत पनि सांसद बन्न रास्वपाको समानुपातिक बन्दसूचीमा बसेका छन् ।