सबै श्रेणीहरू

सेनामा व्यापक सरुवा,इन्टेलिजेन्सदेखि वार कलेजसम्म

सेनामा व्यापक सरुवा,इन्टेलिजेन्सदेखि वार कलेजसम्म

नेपाली सेनाले हिजो एकै दिन अधिकृतहरुको दुई लट सरुवा निकालेको छ । पहिलो लटमा १२ जना र दोस्रोमा ३८ गरी ५० जनाको व्यवस्थापक अधिकृत नियुक्ति, शिक्षाधिकृत नियुक्ति,सरुवा नियुक्ति र काज नियुक्ति गरिएको छ । 

जसअनुसार नीति तथा योजना निर्देशनालयका प्रमुख सेनानी विजयप्रकाश लिम्बूलाई सैनिक आवासीय महाविद्यालय,बुटवलको व्यवस्थापक अधिकृत बनाइएको छ । समारोह सञ्चालन निर्देशनालयका प्रमुख सेनानी धिरन अधिकारीलाई प्यारा तालिम शिक्षालय,नम्बर २७ वाहिनी अड्डाका सन्जिव खड्कालाई उत्तर पश्चिम पृतना तालिम शिक्षालय र उत्तर पश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी डिलबहादुर गुरुङलाई नेपाली सैनिक पदिक तथा बिल्लादार प्रतिष्ठानमा शिक्षाधिकृत बनाइएको छ । 

त्यसैगरी शोध तथा विकास निर्देशनालयका प्रमुख सेनानी बिजेश केसीलाई सैनिक इन्टेलिजेन्स शिक्षालयका शिक्षाधिकृतको जिम्मेवारी दिइएको छ । सरुवा नियुक्तिमा ७ जना परेका छन् ।

अधिकृत काज नियुक्तिको अर्को लटमा ६ जना प्रमुख सेनानी, २७ जना सेनानी, ३ जना सह सेनानी र २ जना उप सेनानी छन् । सहायक रथी सैनिक सचिव ध्रुवकुमार कार्कीले सरुवाको जानकारी र बोधार्थ राष्ट्रपति कार्यालयदेखि प्रधानसेनापतिको कार्यालय,विभिन्न विभाग,पृतना हेडक्वार्टर, सैनिक अभिलेखालयलाई दिएका छन् ।