सबै श्रेणीहरू

पूर्व राजाको मुकाम होटल यात्रीमा

पूर्व राजाको मुकाम होटल यात्रीमा

आज दिउँसो जनकपुर पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले साँझ जानकी मन्दिरमा पूजापाठ गरेका छन् ।

पत्नी कोमल, बुहारी ‎हिमानी, नातिनीहरू पूर्णीका र कृतिका शाहसहित पूजाअर्चना गर्न पुगेका पूर्व राजालाई मन्दिरका महन्थ रामदासलगायतले स्वागत गरेका थिए । त्यसक्रममा नेपाल राष्टवादी नागरिक समाज, राजस्था पुनर्स्थापना पक्षधरहरूले '‎हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ', '‎सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एक हौँ', 'राजा ल्याउ देश बचाऊ' जस्ता नारा लगाए । 

पूर्व राजपरिवार आज जनकपुरमा बास बस्ने कार्यक्रम छ । जानकी मन्दिर दर्शन पश्चात पूर्व राजासहितको टोली रात्री मुकामका लागि सिधै यात्री होटेल पुगेको थियो ।