मोहन वैद्य किरण र नेत्र विक्रम चन्द विल्लवका केही कार्यकर्ता पुष्पकमल दाहाल नेतृत्वको नेकपा प्रवेश गर्दैछन् । उनीहरुलाई स्वागत गर्न पेरिसडाँडामा आज छुट्टाछुट्टै कार्यक्रम राखिएको छ ।
दिउँसो १ बजेको कार्यक्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबाट विद्रोह गरी केन्द्रीय सदस्यहरूसहित आएका नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुने बताइएको छ । साढे १ बजेको कार्यक्रममा मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टीबाट विद्रोह गरी केन्द्रीय सदस्यहरूसहित आएका नेता–कार्यकर्ताहरू समायोजन हुने कार्यक्रम छ ।
दिउँसो २ बजेको कार्यक्रममा चुरे भावर पार्टी छाडेका नेता तथा कार्यकर्ता नेकपा प्रवेश गर्दैछन् । तीनवटै कार्यक्रम पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई स्वागत गर्दैछन् ।