प्रधानमन्त्री सुशीला कार्की काठमाडौं–निजगढ फास्ट ट्रयाक अवलोकनमा निस्कनुभएको छ ।
उहाँ मुलुकको गौरव परियोजनाको रुपमा रहेको काठमाडौं–निजगढ फास्ट ट्रयाक अवलोकनका लागि टोलीसहित बिहानै त्यता जानुभएको हो । परियोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
