डोल्पामा उज्यालो नेपाल पार्टी र मितेरी पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेका नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले दिलबहादुर विष्ट र जुन भण्डारी कांग्रेसमा प्रवेश गरेको जानकारी दिएका हुन् ।
प्रतिनिधि सभा सदस्यको लागि विष्टले उनेपा र भण्डारीले मितेरी पार्टीबाट मनोनयन दर्ता गराएकोमा उम्मेद्वारी फिर्ता लिइसकेको चालिसेले बताए । उनका अनुसार अन्य नेताहरु पनि कांग्रेस प्रवेश गर्ने तयारी छन् ।
केही दिनपछि कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्ने पनि चालिसेले जानकारी दिएका छन् ।