सबै श्रेणीहरू

समातिए सफल

समातिए सफल

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने युवराज पौडेल (सफल) पक्राउ परेका छन् । महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता सविता भण्डारीविरुद्ध सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा उनी समातिएका हुन् । 

सिन्धुली घर भएका पौडेलले रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएकाे संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयप्रति आपत्ती जनाउँदै करोडौँ लेनदेन भएको दावी गरेका थिए । महान्यायाधिवक्ता भण्डारीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन समेत दिएका पौडेल आफै समातिएक हुन् । 

काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिएका छन् । पौडेललाई पक्राउ गरेर कारवाही गर्न महान्यायाधिवक्ताको कार्यालयले माघ ८ गते नै प्रहरीलाई पत्र पठाएको बताइएको छ ।