सबै श्रेणीहरू

रविको मुद्दा फिर्तीमा सर्वोच्चका न्यायाधीशले सकेनन्,जिल्लाका श्रीमानले मानेनन्

रविको मुद्दा फिर्तीमा सर्वोच्चका न्यायाधीशले सकेनन्,जिल्लाका श्रीमानले मानेनन्

रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेले रास्वपा सभापति रवि लामिछानेउपर लगाइएको सम्पत्ति शुद्धीकरण र सँगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णय कार्यान्वयन गर्न अस्वीकार गरेका छन् ।

सर्वोच्च अदालतका दुई न्यायाधीशले यो मामिलालाई टुङ्ग्याउन आनाकानी गर्दै चुनाव परसम्म सुनुवाइ धकेले अनि जिल्ला अदालतका न्यायाधीश एक्लैले कठोर निर्णय लिएका हुन् ।

उनले यो मुध्दा सर्वोच्चमा बिचाराधीन रहेको हुँदा जिल्ला तहबाट फिर्ता लिन नमिल्ने अडान राखेको बुझिएको छ ।

अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार माघ ६ गते सो आदेश भएको हो । जनआस्थासँग उनले भने,‘घिमिरे श्रीमान्को इजलासले माघ ६ गते सर्वोच्चमा रिट परेको हुनाले त्यता आदेश आएपछि मात्र निर्णयमाथि छलफल गर्ने आदेश गर्नुभएको हो ।’