मलाई समातेर यसरी घुमाइयो

मलाई समातेर यसरी घुमाइयो

२०७७/१/२३ : कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) चितवन, आकस्मिक कक्षबाट गिरफ्तार गरेर भरतपुर अस्पताल (सरकारी केन्द्रीय अस्पताल) को आकस्मिक कक्षमा लगियो ।

२०७७/२/१८ : जिल्ला अदालत चितवनबाट साधारण तारेखमा रिहा । राज्यविरुद्ध अपराध अभियोग तर अदालत हाताबाटै गिरफ्तार गरेर भरतपुर अस्पतालको ३०१ ए क्याबिनमा नजरबन्द । पक्राउपुर्जी दिइएन ।

२०७७/०५/२० :  उपचार पूरा नगरी प्रहरीले पुनः समातेर रातारात धनुषा पु¥याई कर्तव्य ज्यान अभियोग लगायो, १० हजार धरौटी मागियो ।

चौथो पटक : धनुषा जिल्ला अदालत परिसरबाटै गिरफ्तार गरेर २३ गते धरान, सुनसरी इप्रका लगी हातहतियार, खरखजाना अभियोग लगाइयो र साधारण तारेखमा छाडियो ।

२०७७/६/१३ : सुनसरी जिल्ला अदालत हाताभित्रैबाट गिरफ्तार गरी भोजपुर जिप्रका लगेर संगठित अपराध अन्तर्गत चारवटा अभियोग लगाइयो । जिल्ला अदालत भोजपुरद्वारा ७५०० को दरले धरौटी माग भयो ।

२०७७/६/२१ : अदालत हाताबाटै गिरफ्तार गरेर संखुवासभा, खाँदबारी जिप्रका लगियो । संगठित अपराधअन्तर्गत ९ वटा अभियोग थियो । ६ वटा अभियोगमा साधारण तारेख र तीनवटामा १०/१० हजार दरले धरौटी माग भयो ।

२०७७/७/२४ : चैनपुरस्थित जिल्ला अदालत संखुवासभाको हाताबाटै नियन्त्रणमा लिएर राति नै बेलबारी इप्रका मोरङ लगियो, बम विष्फोट अभियोग । सर्वोच्च अदालतमा परेको रिटद्वारा अभियोग खारेज गरे (२०७७÷८÷१६) गते । रिहा गर्न आदेश भयो ।

२०७७/८/१७ : अदालत हाताबाटै गिरफ्तार गरेर त्यसैदिन जावलाखेल, जिप्रका ललितपुर लगी संगठित अपराधअन्तर्गत दुईवटा अभियोग लगाइएकोमा साधारण तारेखमा रिहा गरियो ।

२०७७/८/१८ : अदालत हाताबाटै गिरफ्तार गरी विदुर इप्रका नुवाकोट लगी चितवनमा प्रहरी नियन्त्रणमा रहेकै अवस्थामा वारदात गरेको भन्ने हास्यास्पद अभियोग लगाउँदा साधारण तारेखमा रिहा भइयो ।

२०७७/८/२३ : नुवाकोट जिल्ला अदालत हाताबाट गिरफ्तार गरी त्यसै दिन रातारात धुलिखेल, जिप्रका काभ्रेपलाञ्चोक ल्याइएको छ ।

टिप्पणीहरू