‘गन्धे कर्साप’ के गर्दै होलान् ?

सेनामा ‘गन्धे कर्साप’ को नामले परिचित महासेनानी श्याम खड्काको अवकाशपछि कनिष्ठ अधिकृतहरू दङ्गदास छन् । खड्काले महिलाप्रति निकै आशक्ति देखाउँदै गरेको व्यवहार सबैले महसुस गर्दै आएका थिए । उनको आशक्तिले बेलाबखत सीमा नाघेको र गत महिना अवकाशपश्चात् अधिकांश जुनियर अधिकृतले राहतको सास फेरेको बताइन्छ ।

सेनाको कुनैपनि पारिवारिक कार्यक्रम वा भोज भतेरमा जुनियर अधिकृतका श्रीमती तथा प्यारीहरू भएको ठाउँ गन्ध सुङ्दै लुसुक्क छिरेर मस्कि मस्कि गफ हान्न थालेपछि सबैजसो आजित भएका थिए । ढकमक्क फुलेको बगैंचामा मौरी घुमेझैँ एक्लो कर्नेलले घुमिघुमि र घुरिघुरि अनावश्यक गफ गर्दा कनिष्ठ अधिकृतका श्रीमतीहरू पनि रातो पिरो हुने गर्थे ।

कर्नेलले महिला देख्नेबित्तिक्कै विभिन्न बहानामा गफ गरेर हैरान पारेपछि अधिकृतका श्रीमतीहरूले उनलाई गन्धे कर्सापको उपनाम दिएका हुन् । हुन तः उनको नेपाल वायुसेवा निगममा कार्यरत सुन्दरी विमान परिचारिका नै श्रीमती छिन् । तर,हाँसो ठट्टामा साथीहरूले सुन्दरी श्रीमती भएपनि बाहिरतिर चर्दा अप्ठेरो पर्दैन भनेर जिस्काउँदा खड्काले दुई चार पेगको घुट्को लगाउँदै आफूले यसनिम्ति इजाजत पाएको समेत गफ दिने गरेका थिए ।

उनको काम नै नयाँ महिलासँग हिमचिम बढाउने र पाएसम्म स्वाद फेर्ने खालको रहेको भन्ने आवाज सेनाभित्र व्याप्त भइसकेको थियो । कहिलेकाँही आफ्ना जुनियर अधिकृतहरूसँग विश्व भ्रमण गरी सबैजसो राष्ट्रका महिलाको अनुभव लिने गुरुयोजनासमेत सुनाएका थिए । त्यस्ता रंगीला कर्सापको अवकाशपछि अहिले दिनचर्या कसरी बितेको होला ? अब तिनले महिलाको गन्ध सुँघ्न के जुक्ति लगाउलान् ?

– उपत्यका पृतनाका अधिकृतहरू

टिप्पणीहरू