कमरेड रातारात अर्कै क्याम्पतिर

कमरेड रातारात अर्कै क्याम्पतिर

पार्टीको जिल्ला सचिवकै लागि वर्षौँदेखि प्रचण्डलाई राजनीतिक गुरु मान्दै आएका जनयुद्धका कमाण्डर अनुप बराल (विश्वराज बराल) ले अन्ततः क्याम्प परिवर्तन गरेका छन् । उनी गत निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ ख बाट प्रदेशसभामा नेकपा उम्मेदवार थिए । यद्यपि, पराजित भए ।

पूर्वलडाकुसमेत रहेका बरालले नेकपा विभक्त भएसँगै सुरुवाती चरणमा प्रचण्डको विज्ञप्ति अन्य सदस्यहरूलाई पठाएका थिए । तर, जिल्ला सचिव निर्मल जिसी पनि माधव–प्रचण्ड समूहतिर लागेपछि उक्त पदमा मनोनयन गर्ने ओली समूहबाट आश्वासन पाएर ओली समूहमा गएका हुन् ।

गत हप्ता उनले अस्ति ओली समूहको बुटवलमा आयोजित सभा सञ्चालनसमेत गरे । सभालाई विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेललगायतले सम्बोधन गरेका थिए । इमानी र साधारण नेताको छवि बनाएका अनुपको ओली क्याम्पमा प्रवेशलाई धेरैले सिद्धान्तमा बिचलन आएको बताएका छन् ।

– शिव पाण्डे, मणिग्राम

टिप्पणीहरू