सहकारीलाई गाउँगाउँमा सकारी

साविक धौलागिरिका जनतालाई वित्तीय सेवा दिने उद्देश्यले सेवा केन्द्र विस्तार अभियान तीव्र बनाएको बागलुङको सिवाइसी बचत तथा ऋण सहकारीले गलकोट नगरपालिका–८ काँडेवासमा शाखा विस्तार गरेको छ ।

गाउँ–गाउँमा वित्तीय सेवा दिने उद्देश्यले गलकोट नगरपालिका–८ काँडेबासमा १४औँ सेवा केन्द्र स्थापना भएको हो । सरकारले छरिएर रहेका सहकारी संस्थालाई एकीकृत गरेर मजबुत सहकारी बनाउन निर्देशन दिएपछि धौलागिरि अञ्चलभित्रका ३० वटा सहकारी संस्थाबीच एकीकरण भएको छ ।

नेपालमै सबैभन्दा वढी ३० वटा संस्थाबीच एकीकरणपश्चात् पुरस्कृत भएको सहकारीमा हालसम्म १३ हजार ३ सय शेयर सदस्य, २३ करोड ५४ लाख ३४ हजार शेयर पुँजी छ । कूल बचत १ अर्ब ३० करोड रहेको सहकारीले ९९ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ ।

– राजेशचन्द्र राजभण्डारी

टिप्पणीहरू