स्याकार ट्रेडिङ्ग कम्पनीको एस.जे. मोटो बाइक कफि कल्चर फन

स्याकार ट्रेडिङ्ग कम्पनीको एस.जे. मोटो बाइक कफि कल्चर फन

विगत ५० वर्ष भन्दा बढी समयदेखि नेपालको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको स्याकार ट्रेडिङ्ग कम्पनीका संचालक सौरभ ज्योतिले मोटरसाइकल पारखीहरुलाई एक पृथक अनुभव प्रदान गर्नका लागि एस.जे. मोटोको स्थापना गरेका छन् ।

यही माघ ३० गतेका दिन लन्च गरिएको उक्त एस.जे. मोटोमा सुपरबाइकहरुका साथै नेपालको इतिहास बोकेका केहि ऐतिहासिक मोटरसाइकहरुको संकलन गरिएको कम्पनीले जनाएको छ । मोटरसाइकल पारखीहरुले उक्त ठाउँमा सुपरबाइकहरु अवलोकन गर्नुका साथै सोही ठाउँमा रहेको क्याफेमा कफि र नेपालको संस्कृति झल्कने खानेकुराहरुको पनि स्वाद लिनसकिने कम्पनीले जनाएको छ ।

नेपालकै नौलो र पृथक मोटरसाइकल ग्यालरी एवं क्याफेको रुपमा स्थापित यस एस.जे. मोटोको रिटेल सेक्सन मार्फत ग्राहकहरुले नयाँ तथा रिकन्डिसन सुपरबाइकहरु खरिद गर्नुका साथै विभिन्न ब्राण्डका अफिसियल मर्कन्डाइज लुगा लगायत मार्बल तथा डी.सी.का सामानहरु समेत खरिद गर्न सकिने उनले जानकारी दिएका छन् ।

आफ्नो रहरलाई यथार्थमा परिणत भएको खुसीमा संचालक सौरभ ज्योति आफ्नो अनुभव बताउनु हुन्छ -‘विगत २५ वर्षदेखि मैले मेरो रहरहरु संगाल्दै आएको छु । आजको दिनसम्म आइपुग्दा मैले नयाँ प्रविधिमा आधारित मोटरसाइकलहरु र नेपाली इतिहास बोकेका ऐतिहासिक मोटरसाइलहरुमा लगानी गरेको छु । मेरो जस्तै कथा तपाईंहरुको पनि होला, मेरो जस्तै रहर तपाईंहरुको पनि होला त्यसैले तपाईंहरु जस्तै मोटरसाइल पारखीको लागि खुलेको हो एस.जे. मोटो ।

टिप्पणीहरू