कोरोनालाई चिर्ने सर्वोत्कृष्ट फोटो

कोरोनालाई चिर्ने सर्वोत्कृष्ट फोटो

कोरोना महामारीले विश्व नै आक्रान्त बनेको बेला नर्सले अङ्गालो हालेको फोटो वर्ष २०२१ को सर्वोत्कृष्ट फोटो घोषित भएको छ ।

सामाजिक दूरी कायम राख्ने भन्दै मानवले मानवीयता भुल्न थालेको समयमा ८५ वर्षीया एक बृद्धालाई नर्सले अङ्गालो हालेको फोटो वर्ल्ड फोटो अवार्डमा फोटो अफ दि इएर घोषित भएको हो ।

मानिसले खोक्दा,हाच्छिउँ गर्दा मानिस डराएर भाग्ने समय ब्राजिलको यो फोटोले कोभिड–१९ मानवीय समाजको ठीक विपरित अवस्था अर्थ लगाएको छ । फोटोमा अङ्गालो हाल्ने नर्सले पाँच महिनामा पहिलो पटक कसैको अङ्गालो पाएको बताइएको छ ।

कोभिडका कारण ब्राजिलका केयर होमहरूले आगन्तुकहरूलाई प्रवेश निषेध गरेका थिए । यही क्रममा हग कर्टेन बनाएर केयर सेन्टरमा काम गर्नेहरूलाई अङ्गालो हाल्न भनिएको थियो ।

टिप्पणीहरू