नेकपाले शुरु गर्यो कोरोनाविरुद्ध जनसचेतना अभियान

नेकपाले शुरु गर्यो कोरोनाविरुद्ध जनसचेतना अभियान

कोरोना महामारीको समय विभिन्न ठाउँमा सहयोगी समूह तथा अभियान शुरु भएका छन् । महामारी न्यूनीकरणका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले कोरोनाविरुद्धको जनसचेतना,जनसहयोग तथा हातेमालो अभियान शुरु गरेको हो ।

ललितपुरमा आयोजित एक कार्यक्रमबाट अभियानको उद्घाटन गरिएको बताइएको छ । जिरे खुर्सानी कृषि सहकारी संस्था लि।ललितपुर,नेकपा र नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघ त्रिपुरेश्वरको संयुक्त आयोजनामा कोरोना महामारीविरुद्ध सचेतना अभियान,२०७८ शुरु गरिएको बताइएको छ ।

हिजोबाट शुरु भएको अभियान यो वर्षको अन्त्यसम्म काठमाडौं उपत्यकामा सञ्चालन गरिने छ ।

टिप्पणीहरू