भूलको मूल्य भयंकर

भूलवस निमन्त्रणा फेसबुकमा हालेपछि भाइरल बन्न पुगेको १५ वर्षीया मेक्सिकन केटी रुबी इबारा गार्सियाको जन्मदिनको दिवाभोजमा करिब ३० हजार जना सामेल भए । डिसेम्बर २६ मा ला जोया गाउँमा सम्पन्न भोजमा मेक्सिकोभरिकै मान्छे ओइरिए । चलचित्र अभिनेता गेल गार्सियाले सबैलाई हँसाए भने गायक लुइस एन्तोनियो लोपेजले शुभकामना गीत गाए । विमानसेवा इन्टेजेटले रुबीको कार्यक्रममा सहभागी हुन ला जोया पुग्न चाहनेहरुको निम्ति टिकटमा ३० प्रतिशत छुट दियो । यथार्थमा छिमेकी र साथीहरुलाई मात्र बोलाउन फेसबुकमा राखिएको निमन्त्रणामा १२ लाखले सहभागी बन्न रुची दर्शाएका थिए ।

टिप्पणीहरू