दाह्री पालेका रवि लामिछानेको विज्ञापन सारी लगाउनेलाई

दाह्री पालेका रवि लामिछानेको विज्ञापन सारी लगाउनेलाई

टेलिभिजन प्रस्तोता हुँदै राजनीतिमा छिरेर पूर्व उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछाने सौन्दर्य सामग्रीको विज्ञापनमा पनि देखिन थालेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएपछि संसदीय राजनीतिमा प्रवेश गरेका उनी महिलाले प्रयोग गर्ने विभिन्न सौन्दर्य सामग्रीको विज्ञापनमा देखिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिसमेत रहेका उनको फोटो भएको हेयर जेल बजारमा पठाइएको छ । त्यस्तै,रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ को आकारमा बनाइएको बट्टामा ‘आई ब्रो’ पनि पाउन थालिएको छ । ‘न्यूलुक’ हेयरजेलमा रविको कपाल ठाडोठाडो भएको देखिन्छ ।

सामाजिक सञ्जालमा समेत उनको कस्मेटिक्स सामानको विज्ञापन भाइरल बनेको छ । उक्त विज्ञापनमा ती सौन्दर्य प्रशाधन नेपालमै उत्पादन गरिएको उल्लेख छ । महिलामाझ लोकप्रिय भनिएका रविको चुनाव चिन्ह घण्टी आइब्रोमाथि कमेण्ट गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेकी छन्, ‘वाहवाह ! कति राम्रो, कस्तो देख्नेबित्तिकै किन्न मन लाग्यो मलाई त !’ त्यस्तै,अर्काले भनेका छन्, ‘बालेन शाहको चस्माको सफलतापछि रविको काजल र हेयर जेल ।’

उपनिर्वाचनको तयारीमा जुटेका रविको प्रचार प्रसारको निम्ति उनको फोटो भएको हेयर जेल र घण्टी चिन्हको आइब्रो बजारमा पठाइएको एकथरीको अनुमान छ ।

टिप्पणीहरू