क्याप्टेनको उद्धारमा खटिएका प्रहरीलाई नगद पुरस्कार

क्याप्टेनको उद्धारमा खटिएका प्रहरीलाई नगद पुरस्कार

सौर्य एयरको जहाज दुर्घटनापछि उद्धारमा खटिएका ६ जना प्रहरी पुरस्कृत भएका छन् । 

तत्काल दुर्घटनास्थलमा पुगेर जहाजका क्याप्टेन मनिषरत्न शाक्यको उद्धार गरेका दुई डिएसपीसहित ६ जनालाई प्रहरी प्रधान कार्यालयले नगदसहित पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा डिएसपीद्वय सुकदेव खनाल, टेकबहादुर राउत जवानहरु श्रीराम परियार, करणसिंह चौसिर, भीमप्रसाद गौतम र कृष्ण जोशी छन् । 

डिएसपीलाई २२ सय र जवानलाई दुई हजारका दरले पुरस्कार प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

टिप्पणीहरू