जहाज दुर्घटनाका मृतकको शव परिवारलाई जिम्मा

जहाज दुर्घटनाका मृतकको शव परिवारलाई जिम्मा
सुन्नुहोस्

सौर्य एयरलाइन्सको जहाज दुर्घटना ज्यान गुमाएकाहरुको शव आफन्तलाई बुझाइएको छ । 

त्रिवि शिक्षण अस्पतालले पोष्टमार्टमपछि शव पहिचान गर्दै आफन्तलाई हस्तान्तरण गरेको हो । अहिलेसम्म पाँच शव परिवारले बुझेका छन् । 

को-पाइलट सुशान्त कटुवालसहित अन्य चार जनाका परिवारले शव बुझिसकेको अस्पतालले जनाएको छ । कतिपय मृतकका परिवारले भने क्षतिपूर्ति र बीमाको विषयमा सहमति नभएकोले शव बुझ्न मानेका छैनन् । 

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । पाइलट मनिषरत्न शाक्यको भने सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।


 

टिप्पणीहरू