मीनराज वसन्तकाे ‘पहेँलाे छाता’ बजारमा

मीनराज वसन्तकाे ‘पहेँलाे छाता’ बजारमा
सुन्नुहोस्

अख्यानकार मीनराज वसन्तको नयाँ अनुवाद कृति ‘पहेँलो छाता’ लोकार्पण भएको छ । 

चितवनमा हिजो आयोजित कार्यक्रममा साहित्यकारहरु भूपिन, डा. एकनारायण पौड्याल, डा. केशवराज चालिसे, रमेश प्रभात, चेतराज रेग्मी, लेखराम सापकोटा, अमर घिमिरेलगायतले पुस्तक सार्वजनिक गरेका हुन् । 

प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लड्की’को नेपाली अनुवाद रहेको पुस्तक लोकापर्ण गर्दै साहित्यकार भूपिनले लेखक र अनुवादकको प्रंशासा गरे । उनले भने, ‘मलाई पिली छतरी वाली लड्की उत्कृष्ट लाग्ने कृति हो । यसलाई मीनराज बसन्तले नेपालीमा अनुवाद गरेर राम्रो काम गरेका छन् । भाषिक कोमलतामा पनि यति सुन्दर कृति लेख्न सकिन्छ भन्ने थाहा पाउन पनि यो कृति पढ्नुपर्छ ।’

अनुवादक तथा आख्यानकार वसन्तका यसअघि ‘मुदिर’, ‘पिपिरी’ र ‘लेनिन’ पुस्तक प्रकाशित छन् । अहिले ‘पहेँलो छाता’ बिएन पुस्तकले प्रकाशन गरेको हो । यस मुल्य ४२५ कायम गरिएको छ ।
 

टिप्पणीहरू