किन छाड्दैनन् यिनले ?

अच्युत पौडेल कपन–७ का बासिन्दा । राजनीति मुख्य आयस्रोत । आजसम्म जीवन निर्वाहका लागि केही पेशा गरेनन् । वडाध्यक्ष हुँदा अनेक काण्ड मच्चाए र अन्तिममा गाविसलाई बेरुजु रकम तिर्न बाध्य भए । कमाइको अर्को स्रोत हो यज्ञमति मावि ।

२५ वर्षदेखि व्यवस्थापन समितिमा बसेर हालीमुहाली गरिरहेका । लगभग १२ शिक्षक नियुक्त गरे । तत्कालीन वडाध्यक्ष रामबहादुर लामा, रामबहादुर बस्नेतहरू व्यवस्थापन समितिको अध्यक्ष हुँदा पनि उनीहरूलाई भूमिकाविहीन बनाइदिए । रविप्रसाद पौडेलले त्यही कमिसनबाट विभिन्न छात्रवृत्ति खोलेर समाजसेवा गरेका छन् । जयबहादुर लामाले त्यहाँको रकमबाट गुजारा गरिरहेका छन् ।

प्रअ मुकुन्द बुढाथोकी अस्थायी भएकाले अच्युतले हालीमुहाली गर्ने मौका पाएका छन् । अच्युतले विनाबिल नयाँ बासिन्दा (शेर्पा, तामाङ र लामा) समुदायबाट सहयोग भन्दै उठाइरहेका छन् । अच्युतले कुमार थापा विदेश भएको मौका छोपी प्रतिआना ६ लाख पर्ने जग्गा बुढो बाउ अर्जुनलाई छक्याएर खान खोजेका थिए । कांग्रेस क्षेत्र नं.४ का सभापति राजु श्रेष्ठसँग राम्रो सम्बन्ध भएकाले वडाध्यक्ष पद खान लागिपरेका छन् । तीन महिनाअगाडि १५ लाखको बाटो ढलान गर्दा करिब ५ लाख रुपैयाँ आत्माराम पौडेल र राजाराम बुढाथोकीसँग मिलेर चप्काए । छोराछोरी विदेशमा पढ्छन् । छोराछोरी सरकारी स्कुलमा नपढे पनि यिनी व्यवस्थापन समितिमा निरन्तर छन् । विद्यार्थीले दुःख गरेर द्यौसी–भैलीमा कमाएको पैसा  यज्ञमति माविसँग सम्बन्धित नभएका मानिसलाई भ्रमण गराएर सिध्याएका छन् ।
 

टिप्पणीहरू