सिंहदरबारमा क्याबिनेट बैठक शुरु

सिंहदरबारमा क्याबिनेट बैठक शुरु

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा क्याबिनेट बैठक शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा साढे तीन बजेदेखि बैठक बसेको हो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल,सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की,सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, रक्षा मन्त्री डा.मीनेन्द्रप्रसाद रिजाल र खानेपानी मन्त्री उमाकान्त चौधरी पुग्नुभएको छ ।

त्यसैगरी बैठकमा परराष्ट्र मन्त्री नारायण खड्का,शिक्षा मन्त्री देवेन्द्र पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ, वनमन्त्री रामसहायप्रसाद यादव, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ, खेलकुद मन्त्री महेश्वरजंग गहतराजसँगै मुख्य सचिव शंकरदास बैरागीलगायतको उपस्थिति रहेको छ ।

टिप्पणीहरू