सल्यानका गाउँ र गुफामा भरुवा बन्दुक

सल्यानका गाउँ र गुफामा भरुवा बन्दुक

सल्यानका गाउँमा भरुवा बन्दुक भेटिन थालेका छन् । प्रहरीले आज चार थान भरुवा बन्दुक बरामद गरेको छ । शारदा नगरपालिका–१२, वागेश्वरी सामुदायिक वनस्थित ट्वाङट्वाङ्गे गुफाबाट बेवारिसे अवस्थामा रहेको चार थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।

गुफामा भरुवा बन्दुक राखिएको विशेष सुराकीको आधारमा सितलपाटीबाट खटिएको प्रहरी टोलीले ती बन्दुक बरामद गरेको हो । बन्दुक कसले र किन राख्यो भन्नेबारे अझै केही खुलेको छैन । बरामद बन्दुकबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू