आज पनि संक्रमित ५ सयको हाराहारीमा थपिए, ६ जना बिते

आज पनि संक्रमित ५ सयको हाराहारीमा थपिए, ६ जना बिते

आज मुलुकभर ५ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ५ सय ६९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज छ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ४५ जनामा पीसीआर तथा २ हजार ६ सय १ जनामा एन्टिजेन गरी ९ हजार ७ सय ४६ जनामा परीक्षण गरिँदा उक्त संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै ११ हजार १ सय ५१ सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ ।

आज मुलुकभर कोरोना संक्रमणको दर ५ दशमलब ६३ प्रतिशतको हाराहारीमा देखिएको छ । त्यसैगरी निको हुनेको दर ९७ दशमलब ३ प्रतिशत र संक्रमितको निधन हुने दर १ दशमलब ४ प्रतिशत भएको बताइएको छ ।

टिप्पणीहरू