डडेलधुरामा बस पल्ट्यो

डडेलधुरामा बस पल्ट्यो

दार्चुलाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस डडेलधुराको आलिताल गाउँपालिका १, घण्टेश्वर मन्दिर नजिकै दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा १० जना घाइते भएका छन् । सिकिस्त घाइतेलाई थप उपचारको निम्ति धनगढीतर्फ लगिएको छ ।

बस सडकबाट झण्डै एक सय मिटर तल खस्दा उनीहरु घाइते भएका हुन् । ना.८ ख ६१३२ नम्बरको बसमा ३२ यात्रु रहेको प्रहरीले बताएको छ ।

सिकिस्त घाइतेहरुमा बैतडी, डिलाशैनी गाउँपालिका ६ का किर्मा ओड, दोगडाकेदार ६, का वर्षीय देवदत्त जोशी, सोही स्थानका वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी, रम्चि ओड, र पुर्चौँडी नगरपालिका १०, का ३० वर्षीय चन्द्रबहादुर विष्टलगायत हुन् ।

टिप्पणीहरू