भ्रष्ट र हाकिम कुट्नेहरू भटाभट

भ्रष्ट र हाकिम कुट्नेहरू भटाभट

विप्लवका नेता कुमार पौडेलको इन्काउण्टर र मधेशका सांसदको अपहरणमा संलग्न एकातिरका आईजीपी एमाले छिर्न लागिरहेकै बेला अर्काथरी आइजी फुर्ति लगाउँदै सुनाउँछन्, ‘म राजदूत हुँदैछु’ भनेर । संगठनमा चाहिँ काम गर्नेहरू भन्दा काण्ड लागेकाहरू हावी छन् ।

यो हविगत हो, सशस्त्र प्रहरी बलको । अदालतले अभियुक्तहरूलाई चोख्याउँदै पठाउन थालेपछि सशस्त्रमा समस्या बढेको छ । त्यसमाथि साउनमा कमाण्डरहरूको नियमित सरुवा गर्नुपर्नेमा कात्तिक लाग्दा पनि हुन सकेको छैन ।

आइजी शैलेन्द्र खनाललाई सिंगो संगठनभन्दा आफ्ना निकटस्थ लेखापाल गणेश मल्लको निम्ति ठाउँ खालि गरिदिन डिएसपी होमराज ज्ञवालीलाई बढुवा दिने चिन्तामात्रै छ ।

संखुवासभा बस्दा काठ तस्करीमा रंगेहात पक्राउ परेका डिएसपी रामप्रकाश भण्डारी अदालतको आदेशबाट बहाली भएर नीलबाराही गण, कीर्तिपुरमा हाजिर भइसके । कैलालीमा कमाण्डर सई रामबहादुर टेरलाई चिर्पटले हानेर घाइते बनाउने जीतेन्द्र भट्ट र दीपक बोगटीहरू जेलमा थिए । तिनले पनि भर्खरै अदालतबाट सफाई पाए ।

आइजीनिकटस्थ होमराज त्यस्ता अफिसर हुन्, जो जागिरभर कप्रमै रहने भए । कप्रपछि लेखामा गएका उनले कप्रमा रहँदै आफू डिआइजीसम्म हुने गरी लाइन क्लियर पारेका छन् ।

उनी अहिले फेरि खरिद–विक्रिबाट कुस्त कमाई हुने भण्डार शाखामा पुगेका छन् । र, उनैको एसपीमा बढुवा भएको छ । यसबीच सशस्त्रले हिजो भैरहवामा आईजीका भतिज शंकर खनाललाई पठाएको छ भने एसपी भरत खनियाँ सर्लाही पुगेका छन् ।

टिप्पणीहरू