प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । दुई अध्यक्षबीच संसद सचिवालयस्थित २ नम्बर भवनमा रहेको माओवादी संसदीय दलको कार्यालयमा भेटघाट भएको हो ।

हिजो अपरान्ह पनि दुई अध्यक्षबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको थियो । भेटमा विशेषगरी कर्णाली प्रदेश सभाभित्रको राजनीतिक समीकरण र एकीकृत समाजवादीका पदमुक्त तीन जना मन्त्री तथा सांसदको बारेमा कुराकानी भएको बताइन्छ ।

टिप्पणीहरू