जीवन साथी रोजिन् मलालाले

जीवन साथी रोजिन् मलालाले

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ बिबाहबन्धनमा बाँधिएकी छन् । बेलायतको बर्मिंङहममा आयोजित एक समारोहमा प्रेमी असर मल्लिक युसुफसँग उनले विवाह गरेकी हुन् ।

२४ वर्षीया मलालाले अस्ति मुस्लिम परम्पराबमोजिम निकाह गरेको तस्विर सार्वजनिक भएको छ । बिबाहलगत्तै महिला तथा बालिका अधिकारकर्मी मलालाले निकाह आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण दिन भएको बताएकी छन् ।

सन् २०१२ मा तालिवानले ताकेर टाउकोमा गोली हानेपछि उनले शरणार्थी जीवन बिताउँदै आएकी छन् । मलालाले ट्वीटमार्फत् असरसँग आफूले बिबाह गरेको जानकारी दिएकी हुन् ।

टिप्पणीहरू