कर्णालीमा कामकाज रोकियो, कर्मचारी क्रुध्द

कर्णालीमा कामकाज रोकियो, कर्मचारी क्रुध्द

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कामकाजमा रोक लगाइएपछि कर्मचारीहरु बिरोधमा उत्रिएका छन् । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलसहित अन्य पदाधिकारीलाई स्वास्थ्य मन्त्रालयले रोक लगाएपछि कर्मचारीहरु आन्दोलित भएका हुन् ।

प्रतिष्ठानका कर्मचारीहरुले विज्ञप्ति जारी गर्दै राज्यबाट भएको हस्तक्षेपले प्रतिष्ठानलाई अघि बढ्न नदिएको आरोप लगाएका छन् । उपकुलपतिको कामकाजमा रोक लगाउँदा एमबीबीएस, बीएनएस, बीफर्मा लगायतका शैक्षिक कार्यक्रममा समस्या उत्पन्न भएको भन्दै प्रतिष्ठानका कर्मचारीले उक्त निर्णय तत्काल फिर्ता लिन मन्त्रालयसँग माग गरेका छन् ।समयमै माग सम्बोधन नभए प्रतिष्ठानको सम्पूर्ण टीम संघर्षमा उत्रने चेतावनी समेत दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २३ गते प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रारलगायत अन्य पदाधिकारीलाई अर्को निर्णय नभएसम्म कामकाज नगर्न रोक लगाएको थियो ।

टिप्पणीहरू