नेपाली छोरीहरु कोभन्दा के कम !

नेपाली छोरीहरु कोभन्दा के कम !

साफ यू–१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले पहिलो जित निकालेको छ । पहिलो खेलमा आयोजक बंगलादेशसँग बराबरी खेलेको नेपालले आज श्रीलंकालाई ६–० गोल अन्तरले हराएको हो ।

ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा सम्पन्न खेलमा श्रीलंकामाथि नेपाल पूरै समय हावी बनेको थियो । नेपालको जितका लागि रश्मीकुमारी घिसिङले २ तथा सविता रानामगर,मेनुका आलेमगर, रजनी थोकर र सलोनी रानामगरले समान १-१ गोल गरे ।

लगातार तेस्रो हार ब्यहोरेको श्रीलंका प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको छ । अंकविहीन हुँदै पाँचौ स्थानमा रहेको श्रीलंका यसअघि भुटान र भारतसँग समान ५–० ले पराजित भएको थियो । नेपालले भने महत्वपूर्ण ३ अंक जोडेको छ ।

टिप्पणीहरू