चैतमा धान दिवस, जुम्लामा सार्वजनिक बिदा

चैतमा धान दिवस, जुम्लामा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले ‘राष्ट्रिय धान दिवस’ को अवसरमा जुम्लामा सार्वजनिक बिदा दिने भएको छ । 

जुम्लामा मनाइने पर्वलाई लक्षित गरेर प्रदेश सरकारले चैत १२ गते सार्वजनिक बिदा दिन लागेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार जुम्लाका सबै सरकारी तथा सार्वजनिक संघसंस्था बन्द रहने जनाएको छ । मन्त्रालयले २०७८ चैत २९ गतेको कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णयअनुसार बिदा दिन लागिएको सूचना प्रकाशित गरेको छ । 

सूचनामा भनिएको छ, ‘चैत १२ गते आइतबार जुम्ला जिल्लामा मनाइने राष्ट्रिय धान दिवसको अवसरमा जुम्लास्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा मात्र सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७८–१२–२९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

टिप्पणीहरू