कोरोनाको कारण अनलाइन विवाह

कोरोनाको कारण अनलाइन विवाह

कोरोना संक्रमण र यात्रा प्रतिबन्धका कारण भारतमा एक जोडीले अनलाइनमार्फत् विवाह गरेका छन् । वकिल जोडी रिन्टु थोमस र अनन्था कृष्णन हरिकुमरन नायरले अनलाइन विवाह गरेका हुन् । उनीहरुलाई त्यसरी विवाह गर्न केरलाको उच्च अदालतले अनुमति दिएको हो ।

विवाह गर्ने मिति तय भए पनि नायर कोभिड संक्रमणको पछिल्लो भेरिएन्ट ओमिक्रोनका कारण बेलायतमा अड्किएका थिए । त्यसपछि केरलामा रहेकी रिन्टुले अनलाइन विवाहको लागि निवेदन हालिन् । उनले नोभेम्बर ११ का दिन अदालतसमक्ष निवेदन पेश गरेकी थिइन् ।

भारतको विशेष विवाह ऐनअनुसार ३० दिन म्याद राखेर हालिएको निवेदनपछि अदालतले विशेष विवाहको अनुमति दिन सक्ने व्यवस्था छ । कोर्ट म्यारिजको लागि दुलाहा र दुलही अनिवार्य उपस्थित हुनुपर्छ । तर, कोरोनाले बेलायतमा दुलाहा र भारतमा दुलही भएपछि उक्त आदेश भएको हो ।

टिप्पणीहरू