​दियालाई दिइएको दुःख

भनियो, कुमार पौडेल हत्याको विरोध गर्दै घटनाको भिडियो सार्वजनिक गरेका कारण राज्यले अन्याय ग¥यो । अर्थात्, एउटी पत्रकारलाई प्रेस पासबाट बञ्चित गरियो । यस्तो भनिएपछि पत्रकार महासंघबाट दस जनाको टोली सूचना तथा प्रशारण विभागमा धर्ना नै बस्न तयार छौँ भन्दै कराउन पुग्यो । तर, वास्तविकता फरक रहेछ । पत्रकार दिया चन्दको भारतीय शैक्षिक प्रमाणपत्रबारे छानबिन गरिपाऊँ भनी एउटा उजुरी परेको रहेछ, अख्तियारमा । अहिले पनि अख्तियारले उनको शैक्षिक प्रमाणपत्रबारे छानबिन गरिरहेको छ ।

यदि उजुरी सही हो भने प्रेस पास नपाउने, होइन भने प्रेस पास दिने नीति सूचना तथा प्रशारण विभागले अवलम्बन गरेको छ । छानबिनपछि दियालाई कसैले दुःख दिने नियतले उजुर हालेको ठहर भइसकेको छ । अब उनी प्रेस पास लिन गइन् भने विभागले सम्मानपूर्वक दिने भएको छ । तर, उनी गएकी छैनन् । बरु, विभागका महानिर्देशक कुष्णमुरारी न्यौपानेको फोटो फेसबुकमा राखेर सरकारलाई गाली गरिरहेकी छन् ।

टिप्पणीहरू