​करोडौं करोड फुलाउनेका कुरा

चार्टड एकाउण्टेण्ट जनराज कलाखेती नाम, ठेगाना, बाबुको नाम र फोटो मात्र खाली राखेर आफूलाई मिल्ने विवरणको विज्ञापन निकाल्नलाई ९ वर्षपहिला करारतर्फ एकैचोटि नवौं तहमा नेपाल वायुसेवा निगमभित्र छिरेका हुन् । 

शेयर दलाल नं. ५२ मा असली मालिक तथा शंकरदेव क्याम्पसछेउ चार्टर्ड एकाउण्टेण्ट इन्टरनेशनलमा समेत लगानी गर्न भ्याएका कालाखेतीले निगमको मार्केटिङ डाइरेक्टर हुँदा करोडांै कमाएको चर्चा छ । हार भेष्टमुन ट्राभललाई काठमाडौं–मलेसिया–काठमाडौंको टिकट अरुलाई भन्दा २ हजार सस्तोमा १८ हजारवटा बेचेर साढे तीन रोड कमाएका कलाखेतीले ठूलो लगानी दैनिक पत्रिकाको रिपोेर्टरहरुलाई बनाएका थिए । पर्यटनमन्त्री रविन्द्र अधिकारीले भ्रष्टाचारको प्रमाण भेटेपछि निजलाई तत्कालीन मार्केटिङ (वाणिज्य विभागबाट) हटाउन लगाए । पोखरा–जोमसोम–पोखरा चार्टर फ्लाइटमा दशांै लाख घुस मागेको अडियो रेकर्ड तत्कालीन विभागीय मन्त्रीसमक्ष पुगेको थियो ।

निगमको कमर्सियल डाइरेक्टर हुँदा ‘व्यस्त’को बोर्ड झुण्डयाएर भित्र ट्राभल एजेन्सीका महिलाहरुसित घण्टौं बसेको धेरैलाई थाहा छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कष्टमर डाइरेक्टरका रुपमा कार्यरत छन् । सम्राट ट्राभल्सका मालिक तथा निगमको बोर्ड सदस्य मुक्तिराज पाण्डेलाई सस्तोमा सिट मिलाइदिएर आफ्नो इच्छाअनुसार मनपरी गर्ने कालाखेतीले कष्टमर सर्भिसमा बसेर मनपरी बिल भौचर बनाउने÷खाने एवं फ्लाइट डिले अथवा रद्द हुँदा यात्रुहरु पठाइदिन्छु भन्दै होटलहरुबाट मासिक उठाउने गरेको बताइन्छ । केही वर्ष करारमा काम गर्दा सामान्य अवस्थाका र्चार्ड एकाउण्टेण्ट एकैचोटि नवौं तहमा नियुक्ति पुगेर दुई÷चार वर्षमै करोडपति हुन थालेपछि नेपाल वायुसेवा ट्रली बस बन्न कति बेर लाग्छ र !
 

टिप्पणीहरू