लोकतन्त्रमा बहुमत

प्रमुख प्रतिपन्क्षी नेपाली कांग्रेसले सरकारलाई सुझाव दिएको छ – बहुमतको आधारमा कुनै निर्णय नगर्नुस् ।

सरकारले संसद्मा धमाधम विधेयक पारित गर्न थालेपछि कांग्रेस सभापति शेरबहादुर देउवा आफैं बालुवाटार पुगी प्रधानमन्त्री केपी ओलीलाई यस्तो सल्लाह दिनुभएको रहेछ । कांग्रेसको नम्र सुझाव छ – बहुमतको आधारमा निर्णय नगर्नुस्, बहुमतको आधारमा विधेयक पास नगर्नुस्, बहुमतको आधारमा कानुन नबनाउनुस्, बहुमतको आधारमा ऐन संशोधन नगर्नुस् ।

धन्य प्रधानमन्त्रीलाई बहुमतको आधारमा सरकार गठन नगर्नुस्चाहिँ भन्नुभएन । छुटेछ । बहुमतको आधारमा केही नगर्नू भनेपछि बहुमतको आधारमा सरकार गठन नगर्नू पनि भन्नै पर्ने थियो । त्यो मात्र कसरी छुट्यो कुन्नि ? 

लोकतन्त्र बहुमतकै आधारमा चल्ने हो । कांग्रेसलाई त्यो थाहा छैन त भन्नै मिल्दैन । तर, लोकतन्त्र बहुमतका आधारमा चले पनि सरकारचाहिँ बहुमतको आधारमा चलाउन नमिल्ने हो ? कांग्रेसको परिभाषाले यही भन्छ । सरकारले बहुमतका आधारमा निर्णय गर्न नमिल्ने, कानुन पनि बनाउन नमिल्ने भनेपछि बहुमतका आधारमा सरकार मात्र चलाउन कहाँ मिल्छ ? 

टिप्पणीहरू