​सडकमा कांग्रेस

प्रमुख प्रतिपक्षी कांग्रेसको केन्द्रीय बैठक बस्नेवाला छ । भनेपछि कांग्रेसको चर्काचर्की फेरि सडकमा आउने भयो । अहिले सडकमा कांग्रेसी त कोही पनि आइरहेको छैन । आइरहेको छ त यही कांग्रेसको झगडा मात्र । 

कांग्रेस एउटा पारदर्शी पार्टी भएको नाताले त्यहाँ जे हुन्छ, बाहिरबाटै देखिन्छ । कांग्रेसमा गोप्यता भनेको केही पनि छैन । जे छ त्यो सबैले देखिनेगरी नै छ । लोकतन्त्रमा के लुकाउनु र ? केही पनि छैन । लुकाउन हुँदैन पनि । त्यसैले कांग्रेसले केही लुकाउँदैन ।
 
केन्द्रीय बैठकको मुखमा आएर विश्लेषण भएको छ कि कांग्रेस सदन र सडक दुवै ठाउँमा कमजोर देखियो । कमजोर देखिएको त हो । तर, यो कमजोरीको दोष कांग्रेसको होइन । दोष जनताको हो । जनताले भोटै कम दिएको कारण कांग्रेस सदन र सडक दुवै ठाउँमा कमजोर देखिएको हो । बलियो देखिने हो भने त भोट पनि बलियै दिनुप¥यो नि । भोट एक चिम्टी दिने अनि भूमिकाचाहिँ एक मुठ्ठी खोजेर हुन्छ ?

टिप्पणीहरू