​क्यासिनोमा सैनिक कमाण्डर

आफ्नो पालामा भएका हेटौंडा–काठमाडौं फास्टट्रयाक, अस्पताल, जंगी अड्डा र ब्यारेकहरुको निर्माण तथा हवाईजहाज खरिद–बिक्री प्रकरणको रथी शरद गिरी नेतृत्वमा गहन छानबिन चलिरहेका बेला निवर्तमान सेनापति राजेन्द्र क्षेत्री पत्नी रीतासहित अमेरिकी सेनाको ज्याकेट भिरेर किन हलिउडको जुवाघरतिर डुलिरहेका होलान् ? विजय गच्छदारले आफूले प्रयोग गर्ने औषधि किन्दा चिठ्ठा परेर लाखौं डलर  हात पारेको चर्चा चलाएकै क्यासिनोमा पैसा जितेको हिसाब निकाल्ने योजना त हैन ? बयान दिइरहेका विकास निर्माणसम्बद्ध प्राविधिक जर्नेलहरु खासखुस गर्दैछन् ।

टिप्पणीहरू