धनुषाधाममा एन आई सी एशिया बैंकको नयाँ शाखा

धनुषाधाममा एन आई सी एशिया बैंकको  नयाँ शाखा

एन आई सी एशिया बैंकले शाखा विस्तार गर्ने क्रममा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । साथै सो शाखाबाट बैंकिङ्ग करोबार पनि सुरु गरेको छ । बैंकले आज (२०७६ फागुन ६ गते) उक्त शाखा कार्यालयकोे औपचारिक रुपमा समुद्घाटन गरेको हो । बैंक शाखाको समुद्घाटन सोही नगरपालिकाका मेयर श्री बालेश्वर मण्डलले गरेका हुन् ।

यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।  उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रूपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा यस बैंकले शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

टिप्पणीहरू