रित्तो खाताको चेक भिडाएका फरार प्रतिवादी प्रहरीद्वारा च्याप्पै

रित्तो खाताको चेक भिडाएका फरार प्रतिवादी प्रहरीद्वारा च्याप्पै

बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्रेको छ । काठमाठौंको तारकेश्वर नगरपालिका–७ बस्ने नुवाकोट लिखु गाउँपालिका–४ घर भएका ३७ वर्षीय विनोद थापालाई प्रहरीले पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट गत मंसिर ७ गतेको फैसलाले १५ दिन कैद र ५१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौं फुटुङबाट पक्राउ गरेको हो ।

विनोदले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको थाहा पाउँदा पाउँदै पीडितलाई झुक्याएर चेक दिएका थिए । अदालतले उक्त कार्यलाई बैंकिङ कसुर ठहर गरी उक्त फैसला गरेको थियो ।

हिजो पक्राउ परेका थापालाई फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

टिप्पणीहरू