बानेश्वरबाट चिनियाँसहित ३७ जना समातिए
काठमाडौँको मध्यबानेश्वरबाट एक चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् ।
कल बाइपास गरेको आरोपमा ३६ जना नेपाली र एक चिनीया नागरिक पक्राउ परेको महानगरीय प्रहरी परिसर बानेश्वरका डिएसपी मिनबहादुर लामाले जानकारी दिएका छन् । उनका अनुसार अहिले थप अनुसन्धान सुरु गरिएको छ ।
उनीहरुको साथबाट कल बाइपासमा प्रयोग हुने उपकरणहरु पनि बरामद गरिएको डिएसपी लामाले बताए ।
टिप्पणीहरू